
एजेन्सी – पूर्व पोनस्टार एवम् बलिउडकी नायिका सन्नी लियोनीले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । सन्नीले ‘कोकाकोला’ नामक हरर चलचित्रमा काम गर्ने पक्का भएको हो ।
यो चलचित्रको छायांकन जुनबाट सुरु हुने बताइएको छ । यो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिनेछ । चलचित्रका लागि सन्नी मात्र फाइनल भएपनि अन्य कलाकार छनोट प्रक्रियामा नै छन् । चलचित्रको निर्माणपक्षले ‘कोकाकोला’ नाम राख्नुको कारण यो जेनेरेसनका हरर चलचित्र यूवापुस्तामा बढी माग रहेको बताए ।
सन्नीले नायिकाको रुपमा काम गरेको चलचित्र रिलिज भएकै २ बर्ष भैसकेको छ । हालैमात्र, उनले एक च्याट शोमा आफूले आफ्नो विगतलाई हटाउन चाहेको पनि बताएकी थिइन् ।