
एजेन्सी । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरनजिकै ‘हिम मानव यति’को पाइला भेटेको दाबी गरिएको छ । भारतीय सेनाको एक ट्वीटर अकाउन्टमा सोमाबार राति पोस्ट्र गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो ।
भारतीय सेनाको हिमालय अभियान टोलीले यही अप्रिल ९ तारिकमा मकालु हिमालको आधार शिविरमा यतिको पाइला भेटेको जानकारी दिइएको छ । पाइलाको लम्बाई ३२ इन्च र चौडाई १५ इन्च रहेको दाबी छ ।
मकालुमा पहिलो पटक यतिको पाइला देखिएको, रहस्यमयी हिम मानव यतिलाई विगतमा माकालु–वरुण राष्ट्रिय निकुञ्जमा मात्रै देखिने गरेको ट्वीटमा लेखिएको छ । यतिको पाइला भेटेको भन्दै फोटोसहित पोस्ट गरिएको छ ।
पहिलोपटक यतिको चर्चा सन् १९२० मा पहिलो पटक भएको थियो । आजसम्म पाइलाहरू भेटिएको दाबी गरिएपनि यति नै भने भेटिएको आधिकारिक तथ्य छैन् । नेपालका विभिन्न हिमालय यात्राका क्रममा यति र यतिको पाइला देखिएको भन्ने दाबीसहितका प्रशंगहरु भने धेरै पाइन्छन् ।
For the first time, an #IndianArmy Moutaineering Expedition Team has sited Mysterious Footprints of mythical beast 'Yeti' measuring 32×15 inches close to Makalu Base Camp on 09 April 2019. This elusive snowman has only been sighted at Makalu-Barun National Park in the past. pic.twitter.com/AMD4MYIgV7
— ADG PI – INDIAN ARMY (@adgpi) April 29, 2019