काठमाण्डूको नेपालटारमा चोरी

काठमाण्डु टुडे २०८२ असार २० गते १३:४४ मा प्रकाशित

काठमाण्डू,२० असार– काठमाण्डूको तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ । नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको प्रहरीले जनाएको छ ।

उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको खुलेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिहरू भने पक्राउ पर्न सकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us