काठमाण्डु, १४ जेठ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताएका छन् । मन्त्री बास्कोटाले १२ औं गणतन्त्र दिवसको अघिल्लो दिन आज...
काठमाण्डु, १४ जेठ – हिरासतमा रहेका साथीलाई भेट्न गएका दुई जना पक्राउ परेका छन् । हिरासतमा रहेका साथीलाई चाउचाउको पोकामा लुकाएर भित्र्याउनेक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका कालिकोटका नवीन शाहीलाई भेट्न गएका ईमाडोल बस्ने पुजन बम ठकुरी...
काठमाण्डु, १४ जेठ – दैलेख बजारमा रहेको मेगा बैंकका सुरक्षा गार्डले आफैमाथि खुकुरी प्रहार गरेका छन् । सदरमुकाम नारायण नगरपालिकामा रहेको मेगा बैंक शाखा कार्यालयमा कार्यरत ४५ वर्षीय हस्तबहादुर रानाले आफैंले भिरेको खुकुरी निकालेर पेटमा प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते नौमुले गाउँपालिका...
काठमाण्डु, १४ जेठ – सडक भत्काएर चार वर्षसम्म पनि पिच नहुँदा धुलोले पीडित बनेका स्थानीयले बल्खु–हेटौंडा सडकको दक्षिणकाली खण्ड अवरुद्ध पारेका छन् । अवरोधका कारणा बल्खु–हेटौंडा रुटमा सञ्चालन हुने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मंगलबार बिहानैदेखि...
काठमाण्डु, १४ जेठ – सामाजिक सञ्जाल फेसबुकमा ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाण्डु’ फेसबुक पेज बनाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई छन् । उनलाई महानगरीय अपराध...
भद्रपुर, १४ जेठ – झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् । हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन्...
काठमाण्डु, १४ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रि«य वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उनले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि...
काठमाण्डु, १४ जेठ – सगरमाथाको चुचुरोमा फेरी एक जनाको निधन भएको छ । योसँगै सगरामाथा आरोहीको संख्या ११ पुगेको छ । आरोहणका क्रममा अमेरिकी नागरिक क्रिस्टोफर जोन क्युलिसको सोमबार साँझ मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो । ६१ वर्षीय क्रिस्टोफर सफलतापूर्वक आरोहण गरी...
काठमाण्डु, १४ जेठ – भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारेका छन् । राजधानीमा भएकाे एक कार्यक्रममा बाेल्दै उनले भने,‘मोदीले छिमेक नीतिलाई अझै बलियो र...
काठमाण्डु, १४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । ओली बिहीबार दिउँसो भारत जाँदैछन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना...
काठमाण्डु, १४ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डु उपत्यकासहित मुलुकको पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार अपराह्न या साँझपख पूर्वदेखि पश्चिमसम्मै पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको छ । पूर्वमा भने...
काठमाण्डु, १४ जेठ – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५–७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर...