काठमाण्डु, १३ जेठ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सशक्त सैन्य संगठन निर्माण गरिसकेको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले नै विप्लवसँग चार कम्पनी सेना रहेको स्वीकार गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री थापाले विप्लवले जनसरकारका रुपमा जनपरिषद र चार कम्पनी...
काठमाण्डु, १३ जेठ– लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै बधाई दिएकामा आलोचित बनेका प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् । मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निम्त्याउने भएका हुन्...
काठमाण्डु, १३ जेठ – राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले आफूहरुले दश करोड पैसा नमागेको स्पष्ट पारिन् । उनले भनिन्,‘पैसाको साटो सांसदहरुलाई योजना दिनुपर्छ । हामीले योजना पाउनुपर्छ । हामी सांसदलाई दश करोड पैसा दिनुपर्छ भन्ने पक्षमा छैनौं ।’ सोमबार राजधानीमा...
काठमाण्डु, १३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘सोझै सांसदहरुलाई पैसा बाँड्न आवश्यक छैन् । बरु, सांसदहरुलाई योजना दिनुपर्छ ।’ कांग्रेसले सांसदहरुलाई...
ललितपुर, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको...
काठमाण्डु, १३ जेठ – काठमाण्डुको सुकेधारामा भएको विस्फोटमा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । आयतबार साँझ सुकेधारास्थित ढलानपुल नजिकै जितकुमार ठाकुरको सैलुनमा आइतबार दिउँसो विस्फोट भएको थियो । पुरानो टिनले छाएको पसलमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो । एकजनाको घटनास्थल र दुईजनाको उपचारका...
काठमाण्डु, १३ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष...
काठमाण्डु, १३ जेठ – अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् । चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी...
काठमाण्डु, १३ जेठ – विभागीय टिम एपीएफले काठमाण्डुमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको समूहको चरणको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ दशमलव...
काठमाण्डु, १३ जेठ – काठमाण्डुमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटका घटनापछि असुरक्षा बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल रहँदा अधिक सचेत रहन सूचना जारी गरेको छ । अस्ट्रेलिया सरकारको विदेश तथा व्यापार विभागले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा काठमाण्डुमा भएका हिंसात्मक घटना विदेशीप्रति लक्षित...
काठमाण्डु, १३ जेठ – नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि...
काठमाण्डु, १३ जेठ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् । सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले...