एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री प्रेम तिनसुलानन्दको आइतबार ९८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । बैंककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उनको निधन भएको हो । थाइल्यान्डको पूर्वसेनापतिसमेत रहेका प्रेम सन् १९८० देखि १९८८ सम्म...
काठमाण्डु, १३ जेठ – काठमाण्डुको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गर्दैछ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान...
सर्लाही, १३ जेठ – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् । आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख...
सिमरा, १३ जेठ – बाराको सिमरामा रोकिराखेको भारतीय ट्रकमा आइतबार राती अज्ञात समुहले आगजनी गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो । नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित...
काठमाण्डु, १३ जेठ – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गरेका छन् । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो...
काठमाण्डु, १३ जेठ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सरकारले सम्मान गर्ने भएको छ । गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, उमा भुजेल, सन्तोषकुमार बुढा मगरसहितका नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न...
काठमाण्डु, १३ जेठ – पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ । सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन् । कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले शक्तिशाली बम रहेका कारण एनसेल कार्यालयमा...
काठमाण्डु, १३ जेठ – नेपाल बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु निष्क्रिय...
काठमाण्डु, १३ जेठ – विप्लवका कार्यकर्ताले पूर्वी सुर्खेतमा बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बस गोचेखोलामा आइपुगेपछि सोमबार बिहान आगो लगाइएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई...
काठमाण्डु, १३ जेठ – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । आइतबार साँझ काठमाण्डुका दुई...
नवलपरासी, १३ जेठ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले सोमवार बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु२ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी...
काठमाण्डु, १३ जेठ– आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउँठाउँमा बमसमेत राखे । प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद...