सुर्खेतमा मालिकलाई ओरालेर बसमा आगो लगाइयो

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १०:२० मा प्रकाशित

काठमाण्डु, १३ जेठ – विप्लवका कार्यकर्ताले पूर्वी सुर्खेतमा बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बस गोचेखोलामा आइपुगेपछि सोमबार बिहान आगो लगाइएको हो ।

file photo

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केबसमा आगो लगाएका हुन् ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us