नयाँ बसपार्कको लाेत्से भवनामा प्रेसर कुकर बम भेटियो

काठमाण्डु टुडे २०७६ जेठ १३ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – काठमाण्डुको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गर्दैछ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजा साँझ नै राखिएको देखिएको छ ।

बम डिस्पोज गर्नका लागि सेनाको टोलीपनि लोत्से भवनमा पुगिसकेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us