
काठमाण्डु, १३ जेठ – पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ । सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन् ।
कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले शक्तिशाली बम रहेका कारण एनसेल कार्यालयमा क्षतिा भएको बताए ।
उनका अनुसार न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा रहेको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ ।
अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको गुरूङले बताए ।