
एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री प्रेम तिनसुलानन्दको आइतबार ९८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । बैंककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उनको निधन भएको हो ।
थाइल्यान्डको पूर्वसेनापतिसमेत रहेका प्रेम सन् १९८० देखि १९८८ सम्म प्रधानमन्त्री बनेका थिए ।
उनले सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा भूमिका निर्वाह गरेका थिए ।