बदलाभावले भड्कियो विप्लव समूह

काठमाण्डु टुडे २०७६ जेठ १३ गते ७:०१ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउँठाउँमा बमसमेत राखे ।
प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
उनीहरुविरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा एक दर्जनभन्दा बढी विप्लव समूहका कार्यकर्ता पक्राउ परेको उनले बताए । यता सशस्त्र प्रहरी बलले पनि विप्लव समूहका कार्यकर्तालाई हतियार तथा विष्फोटक पदार्थसहित पक्राउ गरेको छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us