काठमाण्डुमा बम आतंक फैलिएपछि अष्ट्रेलियाले निकाल्यो यस्तो विज्ञप्ति

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – काठमाण्डुमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटका घटनापछि असुरक्षा बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल रहँदा अधिक सचेत रहन सूचना जारी गरेको छ ।

अस्ट्रेलिया सरकारको विदेश तथा व्यापार विभागले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा काठमाण्डुमा भएका हिंसात्मक घटना विदेशीप्रति लक्षित नभए पनि अन्य पक्षलाई निसाना बनाउँदा आक्रमणमा पर्नसक्ने भन्दै सचेत रहन आग्रह गरिएको हो ।

काठमाण्डु तथा नेपालका अन्य भागको भ्रमण गर्दा भीडभाडभन्दा परै रहन आग्रह गरिएको छ ।

‘प्रदर्शन, विरोध तथा सार्वजनिक भेलाहरुबाट पुरै बस्नू । योजना बनाउँदा संभावित हिंसाबारे सञ्चार माध्यम र स्थानीय स्रोतहरुको सल्लाहहरुलाई ध्यान दिनु । त्यस्ता क्षेत्रमा नजानु’, सोमबार जारी सूचनामा भनिएको छ ।

सडक अनिश्चितकालसम्म अवरुद्ध हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन समेत उसले आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

‘हड्ताल भएको समयमा सचेत रहनु र आफ्नो गतिविधिलाई कम गर्नु, पानी, खानेकुरा, ब्याट्री, नगद र औषधिजस्ता अतिआवश्यक बस्तु पर्याप्त मात्रामा राख्नु’, अष्ट्रेलिया सरकारले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us