खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउँछः प्रचण्ड

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रि«य वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उनले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताए ।

‘देशको पहिचानलाई अन्तर्राष्ट्रि«य क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ’, उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गरे ।

युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उनको भनाई छ । अध्यक्ष प्रचण्डले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पारे ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताए । सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उनको भनाइ थियो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । नेपाली खेलको विकासका लागि परिषद् लागिरहेको उनको भनाइ थियो ।

सङ्घीय सांसद दिव्यमणि राजभण्डारीले देशमा देखिएको अन्यौलको अन्त्यका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए । ‘देशको विकासका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us