
काठमाण्डु, १४ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डु उपत्यकासहित मुलुकको पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार अपराह्न या साँझपख पूर्वदेखि पश्चिमसम्मै पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको छ । पूर्वमा भने तराई–पहाड दुवै क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ । अहिले पूर्वी क्षेत्र पूरै र मध्य तथा पश्चिमी क्षेत्रका पहाडी भेगमा मौसम बदली भएको छ ।
साँझपख भने पूर्वी क्षेत्रसहित मध्य तथा पश्चिमका पहाडी भेगमा मौसम बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिइन ।
उनका अनुसार अहिले काठमाण्डु उपत्यकासहित मध्य र पश्चिमका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । अहिले पश्चिम तराई क्षेत्रमा भने गर्मी बढेको मौसमिवद्को भनाइ छ । त्यस भेगमा मौसम बदली नभएकाले अझ गर्मी बढ्दै जाने मौसमविद्को अनुमान छ ।
यस्तो छ तीन दिने मौसमी अनुमान
जेष्ठ १४ गते (मंगलबार):
दिउँसो: देशका पूर्वी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ तथा अपरान्ह पश्चात वा साँझतिर मध्य र पश्चिमि पहाडी भेगमा आंशिक बदलि हुनेछ । देशका पूर्वि भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ भने अन्य पहाडी भेगका एक दुई स्थानहरुमा अपरान्ह पश्चात वा साँझतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी भेगका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ ।
जेष्ठ १५ गते (बुधबार):
दिउँसो: देशका पूर्वि र मध्य भू-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु-भागका केहि र पश्चिमी पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वि भु-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
जेष्ठ १६ गते (विहीबार):
दिउँसो: देशका पूर्वि र मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वि र मध्य भू-भागका केहि र पश्चिमि पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका पूर्वि भू-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।