
काठमाण्डु, १४ जेठ – सामाजिक सञ्जाल फेसबुकमा ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाण्डु’ फेसबुक पेज बनाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर घर भई हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाबाट पक्राउ गरेर ल्याएको एसएसपी शहकुलबहादुर थापाले जानकारी दिए ।
भट्टराईले पेजमार्फत् काठमाण्डु उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खोजी दिने र खाली भएको भन्दै अनलाइनमार्फत खोजेबापत एक हजारदेखि १५ सम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ । आफूहरु ठगिएपछि प्रहरीमा उजुरी दिएको पीडित मदन शाहीले बताए ।
उनले ‘आइएमइ पे वालेट’ र ‘ई सेवा’ आइडीमा जम्मा गर्न लगाउने गरेको र पछि सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले २ सय ५० बढी व्याक्तिलाई ठगी गरेको बताइएको छ ।