सगरमाथामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – सगरमाथाको चुचुरोमा फेरी एक जनाको निधन भएको छ । योसँगै सगरामाथा आरोहीको संख्या ११ पुगेको छ । आरोहणका क्रममा अमेरिकी नागरिक क्रिस्टोफर जोन क्युलिसको सोमबार साँझ मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो ।

६१ वर्षीय क्रिस्टोफर सफलतापूर्वक आरोहण गरी बेस क्याम्पतर्फ झर्दै थिए । दक्षिण मोहडामा आइपुग्दा उनलाई एक्कासी मुटुको व्यथाले च्यापेर निधन भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन् ।

सगरमाथामा ट्राफिक जाम भएको भन्दै सरकारको आलोचना भइरहेका बेला थप एक जनाको ज्यान गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us