निषेधित क्षेत्र तोड्न खोज्दा पानीको फोहोरा हानियाे: मन्त्री अर्याल

२०७६ जेठ २७ गते १२:०७

काठमाण्डु, २७ जेठ – गुठी विधेयकको विरोधमा आइतवार भएको प्रदर्शनमा केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको सरकारले दावी गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर मन्त्री पद्मा अर्यालले विधेयकको विरोधमा आएका गुठीयार र सडक विस्तारमा जग्गा...

गुठी सम्बन्धी विधेयक र प्रहरी दमनबारे संसदमा कांग्रेसको हंगामा

२०७६ जेठ २७ गते ११:५५

काठमाण्डु, २७ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयक रोक्न र गुठी विधेयकको विरोधमा उत्रिएका सर्वसाधारणमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख...

राष्ट्रिय सभाको बैठक १५ मिनेट स्थगित

२०७६ जेठ २७ गते ११:३३

काठमाण्डु, २७ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । गुठी विधेयकको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमै अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसका...

विराट कोहलीले मागे स्टिभ स्मिथसँग माफी

२०७६ जेठ २७ गते ११:२३

एजेन्सी । विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार भारत र अस्ट्रेलियाबीच खेल भयो, जसमा भारत ३६ रनले विजयी भयो । भारतको जितमा शिखर धवनको सतकका साथै कप्तान विराट कोहलीले पनि ८२ रनको योगदान गरे । कप्तान कोहलीले आफ्नो टोलीलाई त जिताए नै उत्कृष्ट खेल मर्यादाको...

वरिष्ठ कलाकार गिरीश कर्नाडको निधन

२०७६ जेठ २७ गते ११:१४

बैङ्लोर, २७ जेठ – वरिष्ठ कलाकार एवं नाटककार गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा बैङ्लोरमा निधन भएको छ । उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए । उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए ।...

मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज

२०७६ जेठ २७ गते ११:१०

हेटौँडा, २७ जेठ – मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । जेठ १९ मा अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक साता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि...

लोकसेवाका परीक्षार्थीलाई झट्का, विज्ञापन रद्द गर्न निर्देशन

२०७६ जेठ २७ गते ११:०४

काठमाण्डु, २७ जेठ – संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । यो निर्देशनसँगै लोकसेवाको तयारीमा...

खाजा खान निस्केकी युवती गोकर्णेश्वरबाट बेपत्ता

२०७६ जेठ २७ गते १०:५९

काठमाण्डु, २७ जेठ – काठमाण्डुबाट एक जना किशोरी बेपत्ता भएकी छन् । सिन्धुपाल्चोक घर भएर काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ वर्षीया युरिना योन्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् । उनी गत शुक्रबार कोेठाबाट खाजा खान भनेर निस्केकी थिइन् । युरिना जोरपाटीको नयाँ बस्तीस्थित एकता...

मेघा घिमिरेलाई उपचार गर्न अमेरिका लगिने

२०७६ जेठ २७ गते १०:५२

काठमाण्डु, २७ जेठ – नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको...

चर्को ब्याज पाउने आशमा सावा नै गुम्यो !

२०७६ जेठ २७ गते १०:४६

काठमाण्डु, २७ जेठ – ४० जनाबाट करोडौं रकम ठगेर फरार रहेका पर्साका एक अस्पताल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ का एसिया मेडिकेयर हस्पिटल प्रालिका सञ्चालक सुरज कुमार सर्राफ रहेका छन् । उनले विभिन्न व्यक्ति तथा संस्थालाई ५ करोड ७७ लाख...

नेपालमा राजनीतिको मात्र गफ फिटेर चल्दैनः प्रधानमन्त्री

२०७६ जेठ २७ गते १०:३०

काठमाण्डु, २७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आजको नेपालमा राजनीतिको मात्र गफ पिटेर नचल्ने बताउँदै विकास राष्ट्रको मूल एजेण्डा बनिसकेको बताएका छन् । युरोपका तीन देशको भ्रमणको क्रममा आइतबार स्वीजरल्याण्ड पुगेका प्रधानमन्त्री ओलीले जेनेभास्थित नेपाली दूतावासद्वारा साँझ आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायलाई सम्बोधन...

कर्णाली जाने कर्मचारीकाे तलब एक लाख !

२०७६ जेठ २७ गते १०:२४

काठमाण्डु, २७ जेठ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us