
काठमाण्डु, २७ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ ।
गुठी विधेयकको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमै अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसका बद्री पाण्डेले गुठी विधेकको विरोध गर्दै विधेयक नसच्चाएसम्म सदन चल्न नदिने बताए ।
कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।