मेघा घिमिरेलाई उपचार गर्न अमेरिका लगिने

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।

संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउण्डेशनले सहयोग गर्न लागेको जानकारी दिए ।

आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताए । ‘घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ’, उनले भने । कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us