
बैङ्लोर, २७ जेठ – वरिष्ठ कलाकार एवं नाटककार गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा बैङ्लोरमा निधन भएको छ ।
उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए । उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए ।
उनले पछिल्लो समय एक था टाइगर तथा टाइगर जिन्दा है जस्ता सुपरहिट सिनेमामा काम गरेका थिए । उनको हिन्दीका अलावा कन्नड तथा अंग्रेजी भाषामा विशेष दख्खल थियो ।