
काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ , बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी सूचना जारी गरेको थियो ।
अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय २१ असारसम्म रहेको छ । फाराम भर्न नपाएपछि विद्यार्थीहरू सर्वोच्च अदालत गएका थिए । न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्न आदेश गरेको हो ।
यसअघि विद्यार्थीहरूले खुला विश्वविद्यालयका कुलपति एवं शिक्षामन्त्री रघुजी पन्त लगायत सबै निकायमा पुगेर ध्यानकर्षण गराएका थिए ।