काठमाण्डु,२९ मंसिर– काठमाण्डु –२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाण्डुमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ...
काठमाण्डु,२९ मंसिर–एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । ५ पुसमा काठमाण्डुको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताएका छन...
उनले अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने बताएका छन । उनले भने, ‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन । अहिले मुलुकमा राष्ट्रियताकै संकट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो ।...
काठमाण्डु,२९ मंसिर– हुस्सुका कारण तराईका विमानस्थलको उडान प्रभावित भएको छ कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरामात्र नियमित उडान...
काठमाण्डु,२९ मंसिर– निर्वाचन आयोगले यही ४ मंसिरमा भएको प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो...
काठमाण्डु,२९ मंसिर– इलाम–१ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानी नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् । पुनः मतदान गराउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको बताएका छन...
चितवन,२९ मंसिर– चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ । नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले बताएको छ । अन्दाजी...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको छ। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन । आज बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का भएको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जरी विश्वकप फुटबलको...
काठमाण्डु,२९ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याचएको भन्दै जापान सरकारले सन्...
काठमाण्डु,२८ मंसिर– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् । गत आईतबार सरकारले टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने उदेश्यले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश...
काठमाण्डु,२८ मंसिर– रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले ओली सत्ताका लागि कांग्रेससँग नजिकिन खोजेको भन्दै यसबाट प्राप्त जनमतकै अपमान गर्ने काम भएको बताएका छन । आज बुधबार रौतहटको कटहरियामा...