
काठमाण्डु,२९ मंसिर– हुस्सुका कारण तराईका विमानस्थलको उडान प्रभावित भएको छ कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् ।
यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ ।
भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले बताएको छ । प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ ।