विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते ११:२२ मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन । आज बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का भएको छ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जरी विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८ ४५ बजे सुरु हुनेछ । यस्तै तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच शनिबार राति खेल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us