जापान सरकारले आज रामचन्द्र पौडेललाई सम्मान गर्ने

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते ११:१३ मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याचएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई विहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us