पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् मल्यार्पण

२०७९ पुष २७ गते १३:३४

काठमाण्डु,२७ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । भण्डारीले आज बुधबार बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा...

बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

२०७९ पुष २७ गते १३:२७

काठमाण्डु,२७ पुस– रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पोवाङका ४२ वर्षका हिकलाल पुन रहेका छन । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा मंगलबार भीरबाट खसेर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको शव पोस्टमार्टमका...

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

२०७९ पुष २७ गते १३:२१

काठमाण्डु,२७ पुस– मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा० का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन । १०७ प्रदेश सभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि...

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जसपाका नेता सरोज यादवले गरे दाबी पेस

२०७९ पुष २७ गते १२:३९

काठमाण्डु,२७ पुस– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । यादवले ६३ सांसदको समर्थनसहित मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा सरकार बनाउनका लागि...

आज सेयर बजार बन्द

२०७९ पुष २७ गते १२:२७

काठमाण्डु ,२७ पुस- सेयर बजार बुधबार बन्द भएको छ । आज अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयती परेको र सरकारले सार्वजनिक बिदा दिए दिएका काराण आज सेयर बजार कारोबार पनि बन्द बन्द भएको हो । अब बजार २८ गते बिहान ११ बजे मात्र खुल्नेछ ।...

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

२०७९ पुष २७ गते १२:२१

काठमाण्डु,२७ पुस– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटवार्ता भएको छ । शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने

२०७९ पुष २७ गते १२:०७

काठमाण्डु,२७ पुस– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ३ माघमा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन । नेकपा (माओवादी केन्द्र)का जम्मकट्टेल पुस २५ गते...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री बन्दै एमाले नेता लिला गिरी

२०७९ पुष २७ गते ११:३७

काठमाण्डु,२७ पुस– लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्न भएका छन । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म नेपालको संविधानको धारा १६८ को...

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

२०७९ पुष २७ गते ११:२१

धनुषा,२७ पुस– प्रहरीले धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह रहेका छन । उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका–२ बाट इलाका...

मोटरसाइकल पुलको रेलिङमा ठोकिँदा १ जनाको मृत्यु

२०७९ पुष २७ गते ११:०८

झापा,२७ पुस– झापामा अनियन्त्रित भएर पुलको रेलिङमा ठोकिएको मोटरसाइकल र अर्को मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा मेचीनगर नगरपालिका – १ बस्ने वर्ष ३३ का सुसाहाङ नेम्वाङ रहेका छन । मंगलबार साँझ मेचीनगर नगरपालिका– ७ निन्दा पुलस्थित पूर्वबाट पश्चिमतर्फ...

गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्री भेटे

२०७९ पुष २७ गते ८:४१

काठमाण्डु, २७ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रचण्ड भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा आपसमा बधाई साटासाट तथा प्रदेश मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...

आज पृथ्वी जयन्ती मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

२०७९ पुष २७ गते ८:२०

काठमाण्डु, २७ पुस– आज ३०१ औं पृथ्वीजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा गणनत्त्र स्थापना भएपछि सरकारी तहबाट पहिलोपटक यो दिवस मनाउन लागिएको हो । त्यसअघि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई हरेक वर्ष राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको थियो । तत्कालीन गोरखाका राज्यका राजा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us