
काठमाण्डु,२७ पुस– लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्न भएका छन ।
प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् ।
सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले जानकारी दिएका छन ।
८७ प्रदेश सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ । सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ । गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन ।