मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

काठमाण्डु टुडे २०७९ पुष २७ गते १३:२१ मा प्रकाशित

काठमाण्डु,२७ पुस– मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा० का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन । १०७ प्रदेश सभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।

मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि यादवले दावी पेश गरेका थिए ।

उनलाई आफ्नै दल जसपाको १६, एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १र१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।

उनी ४ मंसिरमा भएको निर्वाचनमा बारा–१ को २ बाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us