
काठमाण्डु,२७ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । भण्डारीले आज बुधबार बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।
आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।