
काठमाण्डु, २७ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
प्रचण्ड भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा आपसमा बधाई साटासाट तथा प्रदेश मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमाले–माओवादी सहमतिअनुसार अधिकारी गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।