रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाधँली भयो: कांग्रेस

२०७९ चैत १८ गते १२:११

काठमाण्डु,१८ चैत– कांग्रेस चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको बताएको छ । क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसले बताएको...

सरकारले मिटरब्याजी पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ: महर

२०७९ चैत १८ गते ११:३८

काठमाण्डु,१८ चैत– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याजी पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन । स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डु आई न्यायका लागि छटपटाउनु सुखद...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०७९ चैत १८ गते ११:२९

काठमाण्डु,१८ चैत– कांग्रेसले आइतबार बिहान १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्ने उनले बताएका छन...

प्रधानमन्त्री प्रचण्डको मिटरब्याज पीडितलाई आश्वासन: मेरै कार्यकालमा न्याय मिल्छ

२०७९ चैत १८ गते ११:१९

काठमाण्डु,१८ चैत–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान हुने बताएका छन । आज  (शनिबार) न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि उनले यस्तो बताएका हुन । उनले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै...

प्रधानमन्त्रीले मिटर ब्याज पीडितलाई बालुवाटार बोलाए

२०७९ चैत १८ गते १०:२१

काठमाण्डु, १८ चैत– न्याय माग्न पैदलै हिंडेर काठमाण्डु आएका मिटर ब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएपछि मिटर ब्याज पीडित शनिबार बिहान बालुवाटार गएका हुन । सरकारी वार्ता टोली र मिटर ब्याज संघर्ष समितिबीच शुक्रबार भएको वार्तामा सहमति जनिक...

सुमो दुर्घटना अपडेट, थप एकको मृत्यु

२०७९ चैत १८ गते १०:०९

नुवाकोट, १८ चैत– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाण्डुमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाण्डु जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर...

कार दुर्घटनामा चालकको मृत्यु

२०७९ चैत १८ गते १०:०६

पाँचथर, १८ चैत– पाँचथरमा भएको कार दुर्घटनामा किशोरीको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना हुँदा मेचीमार्गअन्तर्गत फिदिमको कान्छी दोकानमा दुर्घटना हुँदा झापा बिर्तामोड–१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो । दुर्घटनामा...

सरकारले निराशा हटाउने गरी काम गर्छः बस्नेत

२०७९ चैत १८ गते ७:५५

काठमाण्डु, १८ चैत– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ...

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

२०७९ चैत १८ गते ७:४९

काठमाण्डु, १८ चैत– महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमानको म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाण्डु नेपालटार बस्ने...

मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ

२०७९ चैत १७ गते १८:२६

काठमाण्डु,१७ चैत– प्रहरीले धनुषाबाट मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेका छन । जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको...

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

२०७९ चैत १७ गते १८:०९

काठमाण्डु,१७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुन विश्वासको मत प्रप्त गरेका छन । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने...

एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

२०७९ चैत १७ गते १७:३०

काठमाण्डु,१७ चैत– एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । आज (शुक्रबार) विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले यस्तो बताएका हुन । उनले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us