प्रधानमन्त्रीले मिटर ब्याज पीडितलाई बालुवाटार बोलाए

काठमाण्डु टुडे २०७९ चैत १८ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, १८ चैत– न्याय माग्न पैदलै हिंडेर काठमाण्डु आएका मिटर ब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले बोलाएपछि मिटर ब्याज पीडित शनिबार बिहान बालुवाटार गएका हुन । सरकारी वार्ता टोली र मिटर ब्याज संघर्ष समितिबीच शुक्रबार भएको वार्तामा सहमति जनिक पुगेको बताइएको छ । पीडितहरुले बालुवाटार प्रवेश गर्दै गर्दा मिटर ब्याजीबाट मुक्ति देऊ भन्दै नाराबाजी गरेका थिए ।

प्रहरीले शुक्रबार मात्र धनुषाका तीन मिटर ब्याजीलाई पक्राउ गरेको थियो । मधेस प्रदेशका विन्नि जिल्लाबाट करिब ८० जना मिटर ब्याज पीडित किसान ११ दिन पैदल हिंडेर केही दिनअघि काठमाण्डु आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us