दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

२०७९ चैत १८ गते १३:०१

दोलखा,१८ चैत– दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा,...

सप्तरीमा कार दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

२०७९ चैत १८ गते १२:३३

काठमाण्डु,१८ चैत– सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्की रहेका छन । यस्तै दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । हिजो शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका –१ कंकालिनी मन्दिर र कोशी...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

२०७९ चैत १८ गते १२:२०

दोलखा,१८ चैत– दोलखाको भिमेश्वर नगरपालिका–६ मा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मूत्यु हुनेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका चालक २० वर्षीय राजु मगर रहेका छन ।...

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाधँली भयो: कांग्रेस

२०७९ चैत १८ गते १२:११

काठमाण्डु,१८ चैत– कांग्रेस चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको बताएको छ । क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसले बताएको...

सरकारले मिटरब्याजी पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ: महर

२०७९ चैत १८ गते ११:३८

काठमाण्डु,१८ चैत– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याजी पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन । स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डु आई न्यायका लागि छटपटाउनु सुखद...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०७९ चैत १८ गते ११:२९

काठमाण्डु,१८ चैत– कांग्रेसले आइतबार बिहान १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्ने उनले बताएका छन...

प्रधानमन्त्री प्रचण्डको मिटरब्याज पीडितलाई आश्वासन: मेरै कार्यकालमा न्याय मिल्छ

२०७९ चैत १८ गते ११:१९

काठमाण्डु,१८ चैत–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान हुने बताएका छन । आज  (शनिबार) न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि उनले यस्तो बताएका हुन । उनले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै...

प्रधानमन्त्रीले मिटर ब्याज पीडितलाई बालुवाटार बोलाए

२०७९ चैत १८ गते १०:२१

काठमाण्डु, १८ चैत– न्याय माग्न पैदलै हिंडेर काठमाण्डु आएका मिटर ब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएपछि मिटर ब्याज पीडित शनिबार बिहान बालुवाटार गएका हुन । सरकारी वार्ता टोली र मिटर ब्याज संघर्ष समितिबीच शुक्रबार भएको वार्तामा सहमति जनिक...

सुमो दुर्घटना अपडेट, थप एकको मृत्यु

२०७९ चैत १८ गते १०:०९

नुवाकोट, १८ चैत– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाण्डुमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाण्डु जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर...

कार दुर्घटनामा चालकको मृत्यु

२०७९ चैत १८ गते १०:०६

पाँचथर, १८ चैत– पाँचथरमा भएको कार दुर्घटनामा किशोरीको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना हुँदा मेचीमार्गअन्तर्गत फिदिमको कान्छी दोकानमा दुर्घटना हुँदा झापा बिर्तामोड–१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो । दुर्घटनामा...

सरकारले निराशा हटाउने गरी काम गर्छः बस्नेत

२०७९ चैत १८ गते ७:५५

काठमाण्डु, १८ चैत– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ...

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

२०७९ चैत १८ गते ७:४९

काठमाण्डु, १८ चैत– महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमानको म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाण्डु नेपालटार बस्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us