दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०७९ चैत १८ गते १३:०१ मा प्रकाशित

दोलखा,१८ चैत– दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाण्डु उपत्यकामा समेत महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढ्दै गएको छ । यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us