सप्तरीमा कार दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

काठमाण्डु टुडे २०७९ चैत १८ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,१८ चैत– सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्की रहेका छन ।

यस्तै दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । हिजो शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका –१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना हुदाँ कार्कीको मूत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us