कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

काठमाण्डु टुडे २०७९ चैत १७ गते १८:०९ मा प्रकाशित

काठमाण्डु,१७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुन विश्वासको मत प्रप्त गरेका छन । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गर्न सफल भएका छन ।

शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाही एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us