संघीयता समाप्त पार्ने खेल भइरहेको छः कांग्रेस महामन्त्री थापा

२०७९ माघ २१ गते १५:३८

बारा, २१ माघ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए ।...

संविधानविरोधी र राजावादीले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन खोज्दैछन्ः नेपाल

२०७९ माघ २१ गते १४:५६

ललितपुर, २१ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बताएका छन् । शनिबार ललितपुरको बालकुमारीमा सुरु पार्टीको पाचौं केन्द्रीय समिति बैठकमा नेता नेपालले सत्ता गठबन्धन राष्ट्रपति निर्वाचन अगावै भत्किने खतरा औंल्याए । मुलुकको रानजीतिक अवस्था अत्यन्तै तरल रहेको भन्दै...

ओलीलाई प्रचण्डको जवाफः रविलाई गृह मन्त्रालय दिन सक्दिन

२०७९ माघ २१ गते १२:४१

काठमाण्डु, २१ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गृहमन्त्री दिन नसकिने स्पष्ट गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओलीलाई प्रचण्डले रविलाई गृह मन्त्रालय दिन तयार नरहेको जवाफ दिएका हुन् ।...

ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

२०७९ माघ २१ गते १२:२९

पाल्पा, २१ माघ– पाल्पामा शनिबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बगनासकाली गाउँपालिका–९ गुनठाँटीस्थित तानसेन–दर्लामाडाँडा सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा तानसेन...

माओवादीले पठाएन मधेस सरकारमा मन्त्री

२०७९ माघ २१ गते ११:०८

काठमाण्डु, २१ माघ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यादवले आफ्नै दल जनता समाजवादी पार्टी (जसपा) एमाले र जनमत पार्टीबाट ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, जनमतका संसदीय दलका नेता महेश...

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैनः नेपाल

२०७९ माघ २१ गते ११:०३

काठमाण्डु, २१ माघ– नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफ्नो दलको दाबी नरहेको बताएका छन् । नेपाली काँग्रेसले शनिबार बिहान सिंहदरबारमा बोलाएको प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले उपाध्यक्षमा आफ्नो दलले दाबी नगर्ने बताए ।...

रविलाई गृहमन्त्री बनाउन ओलीले दिए प्रचण्डलाई दबाब

२०७९ माघ २१ गते १०:५७

काठमाण्डु, २१ माघ– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री भेट्न ओली शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । श्रोतका अनुसार ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्डलाई आग्रह गरेका छन् । दोहोरो नागरिकता विषयमा...

आबुधाबीमा नेपाली युवाले जिते ८२ करोडको चिठ्ठा

२०७९ माघ २१ गते ८:१६

काठमाण्डु, २१ माघ– वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका एक नेपाली युवाले ८२ करोड रुपैयाँको चिठ्ठा जितेका छन् । सात वर्षदेखि कतारको एक मनी चेन्जर कम्पनीमा कार्यरत रञ्जितकुमार पालले युनाइटेड अरब इडिरेट्सको अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २ सय ४८ मा २ करोड...

फेरि नजिकिए प्रचण्ड र देउवा

२०७९ माघ २१ गते ८:०७

काठमाण्डु, २१ माघ– सत्ता गठबन्धनभित्र खटपट सुरु भएपछि कांग्रेस र माओवादीबीच अनौपचारिक संवाद सुरु भएको छ । राष्ट्रपति र गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेका छन् । प्रधानमन्त्री दाहालले बिहीबार पार्टीको आन्तरिक बैठकपछि...

एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति हो: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ २० गते १८:३७

काठमाण्डु,२० माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

२०७९ माघ २० गते १८:०४

काठमाण्डु,२० माघ– मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा कार्यविभाजन हुन बाँकी रहेको छ ।...

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

२०७९ माघ २० गते १७:३०

काठमाण्डु,२० माघ–कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर गरेको रिट निवेदनको पेशी माघ २४ गते मङ्गलवारलाई तोकिएको निवेदक त्रिपाठीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us