काठमाण्डु महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

काठमाण्डु टुडे २०७९ चैत ३० गते १३:२६ मा प्रकाशित

काठमाण्डु,३० चैत– काठमाण्डु महानगरपालिकाले महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयहरूलाई शुल्क नलिन आग्रह गरेको छ ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ )को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।

महानगरले अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us