कांग्रेस कि कम्युनिस्ट जन्मियो भन्ने ठाउँमा स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँः रवि

काठमाण्डु टुडे २०७९ चैत ३० गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ३० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगमी १० वैशाखमा हुने उप–निर्वाचनमा तनहुँ–१ राजनीतिक रूपमा चेतनशील र क्रियाशील क्षेत्र भएको बताएका छन् ।

उनले घरघरमा बच्चा जन्मिँदासमेत कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा डा स्वर्णिम वाग्लेलाई बोकेर पार्टी मैदानमा खडा भएको बताएका छन ।

बिहीबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘तनहुँ–१ राजनीतिक रूपमा असाध्यै चेतनशील अथवा राजनीतिक रूपमा क्रियाशील ठाउँ हो’ घरघरमा मान्छेहरु छोरा जन्मियो कि छोरी भन्ने भन्दा पनि कांग्रेस जन्मियो कि कम्युनिस्ट जन्मियो भनेर भनिने राजनीतिक रूपमा असाध्यै घोलिएको ठाउँमा हामी ठाउँमा हामी स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँ ।’

उनले आफ्नो पार्टी कसैविरुद्ध नरहेको भन्दै गरिबी, अशिक्षा, भ्रष्टाचार र बेथितिविरुद्ध भने दुस्मन भएको बताएका छन । उनले आफ्नो पार्टी आम नागरिकको मित्र भएको उल्लेख गर्दै देश बनाउन आएको बताएका छन ।

उनले उपनिर्वाचन योग्यता र क्षमता भएकाहरूलाई अघि बढाउने अवसर भएको भन्दै डा स्वर्णिमलाई जिताउन आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us