
काठमाण्डु,३० चैत– एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् ।नेपालगन्जमा सोमबार बाट सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि मंगलबार निर्वाचन प्रकृया सुरु भएको थियो ।
अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि फेरि एमाले नेताहरु महेश बस्नेत, राजीव पहारीलगायतको पहलमा सहमतिमा कमिटी चयन भएको हो ।
नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेवेले उम्मेदवारी दिइसकेका थिए । सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ ।
महासचिव पुरी पनि क्षितिज थेबेको प्यानलबाट उम्मेदवार थिए । उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भउका छन ।
उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।
कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी, सचिवमा प्रवीन चयन भएका निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिएका छन ।