प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्नेछ: माधव सापकोटा

काठमाण्डु टुडे २०७९ चैत २९ गते १८:३३ मा प्रकाशित

काठमाण्डु,२९ चैत– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अबको तीन वर्ष चल्ने बताएका छन् ।

आज (बुधवार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन । सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी तीन वर्षसम्म चल्ने बताएका छन ।

उनले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै दाहालको नेतृत्वमा तीन वर्ष सरकार चलाउने सहमति भएको बताएका छन । उनले गठबन्धनका दलहरुका बीचमा अविश्वास नरहेको स्पष्ट पार्दै पूर्व समझदारी अनुसार नै सरकार अगाडी बढीरहेको बताएका छन ।

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताएका छन । उनले अहिले कांग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us