ब्राउन सुगरसहित युवती पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ३० गते ११:१९ मा प्रकाशित

झापा, ३० चैत– प्रहरीले झापाबाट ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी रहेकी छिन् ।

राजबंशीलाई मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाट प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन ।

आरोपीबारे ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ । अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन् ।

लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us