शेखर–गगनको ब्रिफिङ : तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं

काठमाण्डु टुडे २०७९ चैत ३० गते १२:३६ मा प्रकाशित

काठमाण्डु,३० चैत– कांग्रेसको संस्थापनइतरका नेता शेखर–गगनले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी दिएका छन ।

आज बिहिबार शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले चार जना मन्त्री हुने जानकारी गराएका छन ।

छलफलमा उपनिर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराएका थिए । बैठकमा सहभागी सांसद प्रतिमा गौतमले भनिन्, ‘पार्टीभित्र र उपनिर्वाचनका विषयमा गगन जीले बिफ्रिङ गर्नुभयो ‘हाम्रो भागमा तीन मन्त्री र एक जना राज्यमन्त्री पाउने कुरा बताउनुभयो ।’ आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिका विषयमा आजको बैठकमा छलफल भएको थिएन ।

संस्थापनइतरबाट मन्त्री हुनेको नाम केही दिनमा टुंगाउने जिम्मेवारी पदाधिकारीलाई दिइएको गौतमले बताएकी छन ।मन्त्रीका आकांक्षीहरुलाई आलोपालो पठाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

‘तीन मन्त्री र एक राज्यमन्त्री पाइने कुरा भएको छ,’ बैठकमा सहभागी सांसद सुरेन्द्र आचार्यले भने, ‘उपनिर्वाचनपछि मन्त्री बनाउने कि भन्ने पनि छ ।’

आजको बैठकमा व्यक्तिका बारेमा छलफल नभएको आचार्यले जानकारी दिए । आचार्यले आफू मन्त्रिपरिषद्मा जाने निश्चित भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us