महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि

काठमाण्डु टुडे २०७९ चैत ३० गते १४:१४ मा प्रकाशित

काठमाण्डु,३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने महासंघको निर्वाचन समितिले जानकारी दिएकाने छ ।

हिजो सम्पन्न मतदानअनुसार कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः मतदान हुन लागेको हो । महासंघको विधानमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारले कम्तिमा ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था रहेको छ ।

तर, वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत ल्याउन सकेनन् । सबैभन्दा धेरै अन्जान श्रेष्ठले ३७ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१ प्रतिशत र रामचन्द्र संघईले ३० प्रतिशत मतभार प्रप्त गरेका छन । पहिलो चरणको मतदानबाट संघई बाहिरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us