काठमाण्डु,२२ माघ– कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक...
काठमाण्डु, २२ माघ– स्वस्थानी व्रत कथाको आज समापन हुँदैछ । काठमाण्डु उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि सकिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना...
काठमाण्डु, २२ माघ– नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा जबराको आइतबार बिहान निधन भएको हो । शरीरमा युरियाको मात्र अधिक भएर समस्या आएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...
भोजपुर, २२ माघ– बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको...
काठमाण्डु, २२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने भएको छ । सरकारमा रहने नरहनेबारे निर्णय गर्न हिजो राति अबेरसम्म रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । बैठकमा गृह नपाए पनि सरकार छाड्न नहुनेमा बहुमत सदस्यले राय व्यक्त गरेका थिए...
धनगढी, २१ माघ– कर्णाले प्रदेश सरकारले जलस्रोत तथा ऊर्जा क्षेत्रको विकासका लागि छुट्टै ऊर्जा कार्यालय स्थापना गर्ने भएको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले जलस्रोतको माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन एउटा छुट्टै ऊर्जा कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।...
काठमाण्डु, २१ माघ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले एमाले नेता भीम रावलले आफूलाई निजी विद्यालय सञ्चालक भनेकामा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत खनालले आफूले सञ्चालन गरेको निजी विद्यालय देखाइदिने रावललाई चुनौती दिएका हुन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले वैदेशिक रोगजार...
काठमाण्डु, २१ माघ– एमाले नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान सञ्चालन भइहरेको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले दोहोरो नागरिकता लिएर गम्भीर अपराध गरेका व्यक्तिलाई गृहमन्त्री बनाइन चलखेल गर्नु आपत्तिजनक भएको टिप्पणी गरे...
काठमाण्डु, २१ माघ– माओवादी केन्द्रले निवर्तमान सभामुख अग्नि सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । सभामुख भएपछि दलीय आवद्धता छाड्नुपर्ने संवैधानिक प्रावधानअनुसार सापकोटाले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका...
काठमाण्डु, २१ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास गरिने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय जनता पार्टी (रास्वपा) को असन्तुष्टि सम्बोधन हुने बताए । उनले रास्वपाको दुई...
काठमाण्डु, २१ माघ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश सभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस भएको हो । नेकपा (एमाले)...
काठमाण्डु, २१ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश माओवादी एजेण्डामा चलेको बताएका छन् । आदिवासी जनजाति आयोगद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देश लामो समयदेखि माओवादी आन्दोलनको एजेण्डा वरिपरिबाट चलिरहेको बताए । ‘सिंगो देश नै हाम्रो आन्दोलन र मुद्दा वरिपरि छ’, उनले भने, ‘राजनीतिक...