
काठमाण्डु,३० चैत– सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जानकारी दिएको छ ।
बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले जानकारी दिएका छन ।
उनकाअनुसार केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो ।