चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ३० गते १७:२६ मा प्रकाशित

काठमाण्डु,३० चैत– प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाण्डुबाट एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–२ घर भई काठमाण्डु तार्केश्वर नगरपालिका–४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राई रहेका छन ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२–०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता

‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाण्डुको लोलाङ हाइटबाट फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us