लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ३० गते १५:२७ मा प्रकाशित

काठमाण्डु,३० चैत– प्रहरीले ईलाम बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन ।

चुलाचुली गाउँपालिका–३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४० रूपैयाँसहित दुईजनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us