
काठमाण्डु,३० चैत– महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा यस्तो बताएको हो । महालेखाले तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ सुविधा प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको बताएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको बताएपनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिंदैन ।’
बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकबाट आ व ०७८/७९ मा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । ४ हजार ९०८ पटकमा उक्त तरलता प्रदान गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।