
काठमाण्डु,३० चैत– पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
आज मात्रै ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका मन्त्रलयले जानकारी दिएको छ । संक्रमण बढेसँगै कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।